कञ्‍चनपुरमा दर्ताबिनै फार्मेसी चलाउने ९ जना भारतीय पक्राउ

हिमाल प्रेस ३२ जेठ २०८० ७:१७ | Thursday, June 15, 2023
कञ्‍चनपुरमा दर्ताबिनै फार्मेसी चलाउने ९ जना भारतीय पक्राउ सांकेतिक तस्बिर।

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनीमा अवैध रूपमा औषधि पसल (फार्मेसी) सञ्चालन गर्ने ९ भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरूलाई बुधबार पक्राउ गरिएको हो।

दोधारा चाँदनी नगरपालिकाभित्र अवैध रूपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दैआएका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए।

‘९ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौं,’ उनले भने,’ उनीहरूमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौ।’

पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्तीक सरदार, रवि विश्वास, निवास गाइन, निरन्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन्।

प्रकाशित: ३२ जेठ २०८० ७:१७ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast