सगरमाथा आधार शिविरमा तबला बजाएर कीर्तिमान

हिमाल प्रेस ३१ जेठ २०८० १६:५१ | Wednesday, June 14, 2023
सगरमाथा आधार शिविरमा तबला बजाएर कीर्तिमान

काठमाडौँ- भारतीय शिवम चौधरीले सगरमाथा आधार शिविर (बेस क्याम्प)मा तबला बजाएर कीर्तिमान बनाएका छन्। १३ वर्षीय शिवम भारतको मेरठ जिल्लाका हुन्।

गुरुग्रामको पाथवेज स्कुलका विद्यार्थी शिवम आफ्ना भाइ अर्जुन, आमा पल्लवी र बुबा रोहितसँगै २८ मेमा ट्रेकिङ गर्न सगरमाथा क्षेत्र पुगेका थिए। शिवमले सानैदेखि तबला बजाउन सिकेको उनका अभिभावकले बताए।

एभरेस्ट क्षेत्रको ट्रेकिङ जाँदा उनले आफ्नो तबला पनि बोकेरै गएका थिए। शिवमका बुबा रोहित चौधरीले उक्त उचाइमा कुनै किशोरले तबला बजाएको सम्भवतः यो पहिलो घटना हुन सक्ने बताए। कक्षा ३ मा अध्ययनरत ८ वर्षीय अर्जुन पनि बाबुआमासँग एभरेस्ट बेस क्याम्प पुगेका थिए।

प्रकाशित: ३१ जेठ २०८० १६:५१ | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast