प्रस्तावित प्रधान्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ भोलि

हिमाल प्रेस ३१ जेठ २०८० १५:५६ | Wednesday, June 14, 2023
प्रस्तावित प्रधान्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ भोलि

काठमाडौँ– संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सुनुवाइ बिहीबार हुने भएको छ। समितिका सभापति ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार उजुरीकर्ताबाट ७ जनाले व्यक्तिगत र केहीले सामुहिक रुपमा उजुरीबारे स्पष्ट पारेपछि सुनुवाइको लागि बोलाइएको जानकारी दिए। भोलि बिहान ८ बजे सुनुवाइको लागि कार्कीलाई संसदीय समितिमा बोलाइएको छ।

आज उजुरीकर्तामध्येका वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ‚ जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई‚ अधिवक्ता अमृत खरेल‚ उजुरीकर्ता रतन भण्डारीलगायतले सुनुवाइ समितिको बैठक बहिष्कार गरेका थिए। उनीहरूले समितिको वैधतामाथि प्रश्न उठाएका थिए।

सुनुवाइ समितिको जेठ १६ को बैठकले जेठ २६ भित्रको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो। कार्कीलाई आफ्नै ल फर्मका साझेदार अग्नि खरेलले कानुनमन्त्री हुँदा न्यायाधीश बनाएको आरोप छ।

प्रकाशित: ३१ जेठ २०८० १५:५६ | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast