प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया सुरू

हिमाल प्रेस २५ असार २०८३ १६:१२ | Thursday, July 9, 2026
प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया सुरू

काठमाडौँ – संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरुको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

समितिको बिहीबार बसेको बैठकले आयोगका प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की तथा आयुक्तमा प्रस्तावित डा. राजिव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

समितिका अध्यक्ष बोधनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उजुरी आह्वानका लागि शुक्रबार सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ।

समितिले आगामी साउन ५ गते अर्को बैठक बसी उजुरीको सुनुवाइ प्रक्रिया अघि बढाइने निर्णय गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा यही असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले उनीहरुलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

प्रकाशित: २५ असार २०८३ १६:१२ | Thursday, July 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast