होण्डाको ‘एक्सचेन्ज’ मेला जारी

हिमाल प्रेस ३० जेठ २०८० १२:२४ | Tuesday, June 13, 2023
होण्डाको ‘एक्सचेन्ज’ मेला जारी

काठमाडौँ- होण्डा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘एक्सचेन्ज’ मेला आयोजना गरेको छ। कम्पनीले मेला जुन १ तारिखदेखि सुरु भएको ‘एक्सचेन्ज र फाईनान्स मेला’ चलिरहेको जानकारी गराएको हो।

मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकलसँग होण्डाको कुनै पनि नयाँ मोटरसाइकल साट्न पाउने कम्पनीले बताएको छ। मोटरसाइकल साट्दा उच्च मूल्यांकन गरिने कम्पनीको भनाइ छ।

साथै त्यतिबेलै ५ हजार रुपैयाँ एक्सचेन्ज बोनस पनि पाइने कम्पनीको भनाइ छ। सोसँगै १० हजार रुपैयाँ बराबरको स्क्र्याच कुपन पनि उपलब्ध गराइने कम्पनीले उल्लेख गरेको छ।

मेलामा अग्रिम भुक्तानी र कम ब्याजदरमा नयाँ होण्डा खरिद पनि गर्न सकिनेछ। ‘होण्डा फाईनान्स’मार्फत मात्रै ५९ हजार ९ सय ९९ रुपैयाँको अग्रिम भुक्तानी गरी १ प्रतिशत ब्याजदरमा, मेलाबाट नयाँ होण्डा खरिद गर्ने अवसर ग्राहकले पाइरहेका छन्।

प्रकाशित: ३० जेठ २०८० १२:२४ | Tuesday, June 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast