हिमाली जिल्लाका दलित बालिकालाई छात्रवृत्ति

हिमाल प्रेस २९ जेठ २०८० १६:२७ | Monday, June 12, 2023
हिमाली जिल्लाका दलित बालिकालाई छात्रवृत्ति

सुर्खेत- मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाले कर्णाली प्रदेशका हिमाली तथा दुर्गम जिल्लाका दलित बालिककालाई छात्रवृत्ति दिने अभियान सुरु गरेको छ। ‘छोरी पढाउ गरिमा बढाउ’ भन्ने मूल नाराका साथका कर्णालीका हिमाली जिल्लाहरूमा यो अभियान सुरु गरिएको हो।

शान्ति समाजले कर्णाली प्रदेशका विकट हिमाली जिल्ला हुम्ला, जुम्ला, कालीकोट, र मुगुका विपन्न दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ। २०८० सालबाट प्रदान गरिने तीन वर्षे छात्रवृत्ति अभियानका क्रममा ६ कक्षामा अध्ययनरत ६७ बालिकालाई हरेक वर्ष १२ हजार छात्रवृत्ति प्रदान गरिनेछ।

कर्णाली प्रदेशका ६ जिल्लाका ८४ जना दलित समुदायका बालिकाहरूलाई पहिलो वर्षको छात्रवृत्ति रकम १० लाख ८ हजार वितरण गरिएको छ।

शान्ति समाजले २०७८ सालबाट सुरु गरेको पाँच वर्षे बालिका छात्रवृत्ति अभियानको पहिलो चरणमा मोरङ जिल्लाको दुई वटा गाउँपालिकाका ३७ जना विपन्न दलित समुदायका बालिकालाई हरेक वर्ष १२ हजारको छात्रवृत्ति प्रदान गर्दै आएको छ। यससँगै शान्ति समाजले हरेक वर्ष बालिकाहरूलाई प्रदान गर्ने छात्रवृत्ति संख्या १०४ पुगेको छ।

प्रकाशित: २९ जेठ २०८० १६:२७ | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast