विद्यालय कर्मचारीहरूले सुरु गरे रिले अनशन

हिमाल प्रेस २९ जेठ २०८० १४:४० | Monday, June 12, 2023
2
SHARE
विद्यालय कर्मचारीहरूले सुरु गरे रिले अनशन

काठमाडौँ- विभिन्न माग राख्दै काठमाडौँकेन्द्रित आन्दोलन गरिरहेका सामुदायिक विद्यालय कर्मचारीहरूले रिले अनशन सुरु गरेका छन्।

विद्यालयका कर्मचारीको न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिले सोमबारबाट काठमाडौंको भद्रकालीमा रिले अनशन सुरु गरेका हुन्।

विद्यालयका कर्मचारीहरूले शिक्षा क्षेत्रको समस्या समाधानका लागि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, न्यूनतम पारिश्रमिकका साथै शिक्षकहरूको सेवा सुविधा बढाउनुपर्ने माग राखेका छन्।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले लामो समय काम गरे पनि सरकारले शिक्षकलगायत विद्यालयका कर्मचारीको भविष्यका लागि कुनै चासो नदिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताए। उनीहरूले आफूहरूको मागबारे सरकारले उचित सम्बोधन नगरे आन्दोलन नरोकिने बताए।

उनीहरूले असार १ गतेसम्म रिले अनशनमा बस्ने र माग पूरा नभए असार २ गतेदेखि सम्पूर्ण सामुदायिक विद्यालयहरू बन्द गर्ने चेतावनी दिएका छन्।

प्रकाशित: २९ जेठ २०८० १४:४० | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast