काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोभन्दा बढी अवैध लागुऔषध चरेससहित सोमबार एक जर्मन नागरिक पक्राउ परेका छन्। टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउललाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो।
पउलले सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएका थिए। विमानस्थल प्रहरीले जाँच गर्दा सो लागुऔषध फेला परेको थियो।
विमास्थल सुरक्षा टोलीले पउललाई लागुऔषध नियन्त्रण ब्युरोमा बुझाएको छ। ब्युरोले थप अनुसन्धान जारी रहेको जनाएको छ।
प्रकाशित: २९ जेठ २०८० १२:४९ | Monday, June 12, 2023
प्रतिक्रिया




