बुटवल-गोरुसिंगे-चनौटा सडकखण्ड स्तरोन्नतिको शुभारम्भ

हिमाल प्रेस २८ जेठ २०८० २०:३७ | Sunday, June 11, 2023
बुटवल-गोरुसिंगे-चनौटा सडकखण्ड स्तरोन्नतिको शुभारम्भ

काठमाडौँ- विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति हुने ‘बुटवल-गोरुसिंगे-चनौटा’ सडकखण्डको शुभारम्भ गरिएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गतको उक्त सडकखण्ड स्तरोन्नतिका लागि आइतबार भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरले संयुक्त रूपमा शुभारम्भ गरेका हुन्।

चार लेनमा स्तरोन्नति गरिने सडकखण्डको लम्बाई ६९ किलोमिटर छ। नेपाल सरकार र विश्व बैंकको संयुक्त लगानीमा स्तरोन्नति गरिने उक्त सडकखण्डका लागि ३४ अर्ब ९६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। उक्त सडकको स्तरोन्नतिले नेपालको यातायात तथा व्यापार आबद्धतामा सुधार आउने अपेक्षा गरिएको छ।

मन्त्री ज्वालाले उक्त आयोजनाले नेपालमा उत्थानशील पूर्वाधारको विकासमा सहयोग पुर्‍याउने  बताए। नेपालका विभिन्न प्रदेशहरू तथा छिमेकी मुलुकहरूसँग यातायात र व्यापार आवद्धता थप सुदृढ गराइ आर्थिक सम्भाव्यताको ढोका खुल्ने मन्त्री ज्वालाकाे भनाइ थियाे।

त्यस्तै विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरले स्तराेन्नतिले थप परिष्कृत यातायात र व्यापार आवद्धता  बढ्ने बताए। साथै नेपाललगायत दक्षिण एसियाली देशहरूबीचकाे आर्थिक स्थिति प्रवर्द्धन गर्ने बताए।

प्रकाशित: २८ जेठ २०८० २०:३७ | Sunday, June 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast