‘बद्री बहादुर’ असार २९ मा आउने

हिमाल प्रेस २८ जेठ २०८० १२:२४ | Sunday, June 11, 2023
‘बद्री बहादुर’ असार २९ मा आउने

काठमाडौँ- आगामी असार २९ गते फिल्म ‘बद्री बहादुर’ प्रदर्शन हुने भएको छ। फिल्म निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै असार २९ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन्।

सार्वजनिक पोस्टरमा कलाकार पूजा शर्मा, छुल्ठिम गुरुङ र राजीवजंग बस्नेत, शोभित बस्नेत, सलोन बस्नेत र जयकिशन बस्नेत देखिएका छन्।

फिल्ममा अन्य कलाकार धीरेन शाक्य, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङलगायतको पनि अभिनय छ।

कमेडी जनरामा बनेको फिल्म रामकाजी घिमिरेको लेखन, विनोद सापकोटाको छायांकन, बन्दे प्रसादको सम्पादनमा बनेको छ।

टंक बुढाथोकी र उजन नेम्वाङको संगीत रहेको फिल्मका निर्माता मिथुन भोटे हुन्। फिल्म एबी पिक्चर्स फार्म र सलोन सलीना फिल्मस‍्को ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: २८ जेठ २०८० १२:२४ | Sunday, June 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast