मलको समस्या हुँदैन : मन्त्री भुसाल

हिमाल प्रेस २७ जेठ २०८० २०:०६ | Saturday, June 10, 2023
मलको समस्या हुँदैन : मन्त्री भुसाल फाइल तस्बिर।

काठमाडौँ- कृषि तथा पशुपन्छि विकास मन्त्री वेदुराम भुसालले यस वर्ष मलकाे समस्या नहुने बताएका छन्। यस वर्षका लागि आवश्यक मल खरिद गरिसकेकाले मलको संकट नहुने उनले बताएका हुन्।

शनिबार भक्तपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मलको अभाव नहुने दाबी गरेका हुन्। खरिद गरिसकेको मल केही आइसकेको र केही आउने क्रममा रहेको भन्दै उनले कृषि विकासका लागि मन्त्रालयले काम गरिरहेको बताए।

प्रकाशित: २७ जेठ २०८० २०:०६ | Saturday, June 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast