नदीनाला भारतलाई सुम्पिने काम भयाे : लिङ्देन

हिमाल प्रेस २७ जेठ २०८० १७:५५ | Saturday, June 10, 2023
नदीनाला भारतलाई सुम्पिने काम भयाे : लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका नदीनाला भारतलाई सुम्पने काम गरेको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका सन्दर्भमा लिङ्देनले भारतको नयाँ संसद्मा नेपालको भूमिसहितको नक्सा राख्दा पनि प्रधानमन्त्रीले प्रश्न गर्न नसकेको बताए। ‘देशका नदीनालाहरू विदेशीलाई जिम्मा लगाउन पाउँदा उपलब्धि ठान्न थालेका छन्,’ लिङ्देनले भने, ‘आफ्नो भ्रमणको मुखैमा, आफ्नो देशको भूभाग समेत अंकीत गरेर छिमेकीले आफ्नो नक्सामा प्रकाशित गर्दा, यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरूको हातमा आज देशको नेतृत्व छ।’

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले देश संकटमा परेको जिकीर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकलाई आह्वान गरे। ‘तपाईहरूले बन्दुक बोकेर सुरक्षा गरेको देश संकटमा परेकाले जोगाउनका लागि साथ चाहिएको छ,’ अध्यक्ष लिङदेनले भने, ‘राजसंस्था, हिन्दु राष्ट्रको पुनर्स्थापना र संघीयताको खारेज गर्न चाहने हरेक नेपालीको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी हो।’

प्रकाशित: २७ जेठ २०८० १७:५५ | Saturday, June 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast