काठमाडौँ- नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२३’ मा सहभागी सैनिकलाई सम्मान गरेको छ। गत चैत १४ गतेदेखि सुरु भएर यही जेठ २२ गते सकिएको अभियानमा सहभागी सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ सम्मान गरिएको हो।
बिहीबार एक कार्यक्रम आयोजना गर्दै सेनाका बलाधिकृत रथी सरोजप्रताप राणाले अभियानमा सहभागी दुई जना अधिकृत र १४ जना अन्यदर्जालाई प्रधानसेनापति प्रशंसा निशान तथा प्रमाणपत्रले सम्मान गरेका हुन्।
यसअघि विश्व वातावरण दिवसको अवसरमा सफा हिमाल अभियानमा सहभागी १० जनालाई प्रधानसेनापति प्रभुराम शर्माले ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका थिए।
अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट ३५ हजार ७०८ केजी फोहोर संकलन गरिएको नेपाली सेनाले जानकारी दिएको छ।
प्रकाशित: २५ जेठ २०८० १७:५२ | Thursday, June 8, 2023
प्रतिक्रिया




