लक्ष्मण सुनारको निर्देशनमा फिल्म ‘फनफनी’ बन्ने

हिमाल प्रेस २२ जेठ २०८० १९:३०
12
SHARES
लक्ष्मण सुनारको निर्देशनमा फिल्म ‘फनफनी’ बन्ने

काठमाडौँ- लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा फिल्म ‘फनफनी’ बन्ने भएको छ। सोमबार चलचित्र विकास बोर्डबाट निर्माण अनुमति लिएपछि थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो।

निर्देशक सुनारको गत वशाख १ गते ‘बुलाकी’ फिल्म प्रदर्शन भएको थियो। फिल्मको मुख्य भूमिकामा अभिनेता आर्यन अधिकारीलाई अनुबन्धित गरिएको निर्देशक सुनारले जानकारी दिए। उनका अनुसार फिल्मका अन्य कलाकार छनोटको काम भइरहेको छ।

कमेडी तथा पारिवारिक कथामा बन्ने फिल्म हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरीको सहकार्यमा निर्माण हुनेछ। फिल्मको छायांकन आगामी तिहारपछि गर्ने तयारीमा रहेको निर्देशक सुनारले बताए। फिल्म नेपाल, अष्ट्रेलिया, क्यानडा र भारतमा छायांकन हुनेछ।

प्रकाशित: २२ जेठ २०८० १९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast