पाकिस्तान पढेर फर्केकालाई काठमाडौँमा सम्मान

हिमाल प्रेस २० जेठ २०८० १८:४९
4
SHARES
पाकिस्तान पढेर फर्केकालाई काठमाडौँमा सम्मान

काठमाडौँ- पाकिस्तानमा अध्ययन गरेर नेपाल फर्केका विद्यार्थीको काठमाडौँमा सम्मान गरिएको छ। काठमाडौँस्थित पाकिस्तानी दूतावासले शनिबार कार्यक्रम गर्दै पाकिस्तानबाट नेपाल फर्केका विद्यार्थीहरूको सम्मान गरेको हो।

पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट विभिन्न शैक्षिक योग्यता पाएका विद्यार्थीको सम्मानका लागि शनिबार ‘पूर्वविद्यार्थीहरू गेट टुगेदर’ कार्यक्रम आयोजना गरिएको पाकिस्तानी दूतावासले जानकारी दिएको छ।

विद्यार्थीहरू पाकिस्तानका विभिन्न शैक्षिक संस्थाहरूमा प्राविधिक सहायता कार्यक्रम (पीटीएपी)अन्तर्गत एमबीबीएस, बीडीएस, डी फार्मेसी, बीएस इन्जिनियरिङलगायतमा छात्रवृत्ति पाएर अध्ययनका लागि पाकिस्तान गएका थिए। कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले नेपाल–पाकिस्तानमैत्री सम्बन्धबारे आफ्नो धारणा राखे।

नेपालको विकास र प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगको थापाले प्रशंसा गरे।पाकिस्तानबाट शैक्षिक योग्यता हासिल गरेका विद्यार्थीले आफ्नो समृद्ध शैक्षिक अनुभवले नेपालको प्रगतिमा योगदान पु¥याइरहेको पनि उनले बताए।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले नेपाली विद्यार्थीलाई पाकिस्तानले दिएको शैक्षिक छात्रवृत्तिले पाकिस्तान र नेपालबीचको जनस्तरको सम्बन्ध थप निकट बनाएको बताए।

प्रकाशित: २० जेठ २०८० १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 6 =