प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट

हिमाल प्रेस १८ जेठ २०८० १८:०१ | Thursday, June 1, 2023
प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपतिबीच भेट

नयाँदिल्ली- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको थियो। सो क्रममा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रधानमन्त्री दाहालले बिहीबार नै उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेट गरेका थिए। त्यस्तै बिहीबार नै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको थियो। भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली आएका हुन्। रासस

प्रकाशित: १८ जेठ २०८० १८:०१ | Thursday, June 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast