धनगढी- धनगढी उपमहानगरले कैलाली पुलदेखि क्याम्पस चोकसम्म मुख्य सडक फराकिलो बनाउँदै छ। यसका लागि उपमहानगरले अहिले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन थालेको छ।
सडकको केन्द्रदेखि दायाँबायाँ १५/१५ मिटर सडक विस्तारका लागि भौतिक संरचना हटाउन थालिएको हो।
कैलाली पुलदेखि क्याम्स रोड (हुलाकी राजमार्ग) सम्मको २ दशमलव ३ किलोमिटर सडक कालोपत्र गर्न सुदूरपश्चिम प्रदेश सरकारले ६० करोड विनियोजन गरेको छ।
प्रकाशित: १९ मंसिर २०७९ १३:३१
प्रतिक्रिया