कार्यवाहक प्रधानमन्त्रीको जिम्मा रक्षामन्त्री खड्कालाई

हिमाल प्रेस १७ जेठ २०८० १६:१५ | Wednesday, May 31, 2023
कार्यवाहक प्रधानमन्त्रीको जिम्मा रक्षामन्त्री खड्कालाई फाइल तस्बिर

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले सम्हाल्ने गरेको तोकेको जनाइएको छ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड बुधबार भारत भ्रमणमा गएका छन्।

प्रकाशित: १७ जेठ २०८० १६:१५ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast