माग सम्बोधन नभएपछि आन्दोलन गर्ने ईसीडी शिक्षकको चेतावनी

हिमाल प्रेस १७ जेठ २०८० १३:३० | Wednesday, May 31, 2023
माग सम्बोधन नभएपछि आन्दोलन गर्ने ईसीडी शिक्षकको चेतावनी फाइल तस्बिर

काठमाडौँ- सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) ले आर्थिक वर्ष २०८०/८१ को बजेटमा आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन्।

देशभर सामुदायिक विद्यालयमा कार्यरत ३० हजार ४४८ बालविकास शिक्षकको छाता संगठन बालविकास शिक्षक केन्द्रीय समितिले बालविकासका शिक्षकको समस्या सरकारले सम्बोधन नगरेको आरोप लगाएको हो।

सरकारले बजेटमा बालविकास केन्द्रको नक्सांकन गरिनेछ भनी उल्लेख गरे पनि सेवा, सुविधा र सर्तको विषय समावेश नभएकाले समितिले यसतर्फ ध्यानार्कषण भएको जनाएको छ। माग सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलनमा उत्रिनुको विकल्प नभएको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बजेटमा आफ्ना माग सम्बोधन नभएपछि विद्यालयका कर्मचारीले दिए आन्दोलनको चेतावनी

यसअघि नेपाल सरकार र शिक्षक महासंघबीच भएका सम्झौतामा सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षकले पाउनुपर्ने सेवा, सर्त र सुविधाका विषय उल्लेख गरिएको भए पनि बजेटमा समावेश नगरिएपछि समिति आक्रोशित बनेको हो। केन्द्रीय संघर्ष समितिले सम्झौता गरिएका सम्पूर्ण सेवा, सर्त र सुविधा एकद्वार प्रणलीबाटै उपलब्ध गराउन माग गरेको छ। बजेटमा आफूहरूमा माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी र शिक्षक महासंघले पनि असन्तुष्टि जनाएका छन्।

 

प्रकाशित: १७ जेठ २०८० १३:३० | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast