वसन्त निरौलाको निर्देशनमा ज्वाइँ साब फिल्म बन्‍ने

हिमाल प्रेस १७ जेठ २०८० ११:०७ | Wednesday, May 31, 2023
वसन्त निरौलाको निर्देशनमा ज्वाइँ साब फिल्म बन्‍ने

काठमाडौँ– वसन्त निरौलाको निर्देशनमा फिल्म ज्वाइँ साब बन्ने भएको छ। निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन्।

कमेडी र पारिवारिक कथामा बन्ने फिल्ममा कलाकार छनोट भइरहेको निर्देशक निरौलाले जानकारी दिए। उनका अनुसार फिल्ममा सविन अधिकारीको कथा र शंकर धितालको पटकथा तथा संवाद रहनेछ।

रेड आई फिल्मस्को प्रस्तुतिमा बन्ने फिल्मको छायांकन केही महिनापछि गरिने निर्देशक निरौलाले बताए। फिल्म नेपाल, क्यानडा र अस्ट्रेलियामा छायांकन गरिनेछ।

निर्देशक निरौलाले यसअघि विजयपथ, आवेग, मेला, राजनीतिलगायत फिल्मका साथै गीतहरूको निर्देशन गरेका छन्।

प्रकाशित: १७ जेठ २०८० ११:०७ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast