बजेटले थपेन उत्साह, ५३ अंकले घट्यो नेप्से

हिमाल प्रेस १६ जेठ २०८० १५:१५ | Tuesday, May 30, 2023
बजेटले थपेन उत्साह, ५३ अंकले घट्यो नेप्से

काठमाडौँ– आगामी आर्थिक वर्षको बजेट आएको भोलिपल्ट, आज सेयर बजारमा भारी गिरावट आएको छ।  मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५३ अंकले ओरालो लागेको छ। यसअघि ६ करोबार दिनमा लगातार बढेको बजार आइतबार सामान्य अंकले घटेको थियो।

बजेटले सेयर बजारमा ठूलो नीतिगत परिवर्तन गरेको छैन। गैरआवसिय नेपालीलाई सेयर बजारमा भित्र्याउने पहल भने गरिएको छ। सुरुवातदेखि नै अर्थमन्त्री डा. प्रकाशशरण महत सेयर बजारमैत्री अभिव्यक्ति दिँदै आएका छन्। बजेटका केही दिन अघिमात्रै उनले मौद्रिक नीतिमार्फत नीतिगत परिवर्तन हुने संकेत दिएका थिए। तर लगानीकर्ता उनी र उनको नीतिप्रति त्यति सकारात्मक देखिएका छैनन्।

मंगलबार २०७ कम्पनीका लगानीकर्ता घाटामा गएका छन्। ९ कम्पनीको मात्रै मूल्य बढेको छ। परिसूचक भारी अंकले घटे पनि कारोबार रकम भने सामान्य नै रह्यो। आज ७० लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार आत्मनिर्भर लघुवित्त र बीपीडब्लू लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वेत गंगा जलविद्युत् र सिटिजन म्युचुअल फन्ड–१ मा भने नकारात्मक सर्किट लाग्यो।
कारोबार रकममा शिवम् सिमेन्टले सबैलाई उछिनेको छ। यसको २१ करोड २४ लाख ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: १६ जेठ २०८० १५:१५ | Tuesday, May 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast