गगन थापा भन्छन् : पार्टी सुधार्न जोखिम उठाएर काम गर्दा महामन्त्री पद गए जाओस्

हिमाल प्रेस १५ जेठ २०८० १३:२५ | Monday, May 29, 2023
गगन थापा भन्छन् : पार्टी सुधार्न जोखिम उठाएर काम गर्दा महामन्त्री पद गए जाओस् फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सुधारको विकल्पै नभएको बताएका छन्। नेपाली कांग्रेस ललितपुरले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीका हरेक सदस्य सुधारका लागि जोखिख उठाउन तयार रहनुपर्ने बताएका हुन्।

उनले भने, ‘मेरो पद गए जाओस्, म कांग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे बस्छु। म कांग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दै गर्दा महामन्त्री गए जाओस्।’

थापाले पार्टी नेतृत्वबाट हुने गरेका गलत निर्णयबाट रोक्न सके र जनमुखी बनाउन सके कांग्रेसलाई परिवर्तनको बाटोमा हिँड्न कसैले रोक्न नसक्ने दाबी गरे। ‘पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्छ। सबै जना मानिस अब आफ्नो सुविधाको ठाउँबाट बाहिर निस्कनुपर्छ’ थापाले भने।

उनले नयाँ पुराना कोहीसँग डराउन नपर्ने तर, पार्टीमा लागेको रोगलाई तत्कालै उपचार भने गर्नुपर्ने बताए।

प्रकाशित: १५ जेठ २०८० १३:२५ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast