यस्तो छ ‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’

हिमाल प्रेस १५ जेठ २०८० १२:०८ | Monday, May 29, 2023
यस्तो छ ‘दिलमाया २’ को गीत ‘छुट्छ कि साथ’

काठमाडौँ- फिल्म ‘दिलमाया २’ को ‘छुट्छ कि साथ’ बोलको गीत सार्वजनिक गरिएको छ। फिल्म निर्माण टिमले ‘दिलमाया’ फिल्मकै ‘छुट्छ कि साथ’ गीतलाई रिमेक गरेको हो।

अम्रित रेग्मीको शब्द रहेको ओरजिनल गीतमा दुर्गा खरेलको स्वर र अर्जुन पोखरेलले संगीत भरेका छन् भने रिमेक भर्जनमा सरु गौतमको स्वर र राजेन्द्र बजगाईंको संगीत संयोजन छ।

राजु गिरीले निर्देशन गरेको फिल्मी गीतको भिडियोमा फिल्मका कलाकार किरण नेपाली र सेन्जल पौडेलको अभिनय छ।

फिल्ममा किरण र सेन्जलसहित सबिन बास्तोला,राजु गिरी, अस्मिता बस्नेत, नारायण खाती, हिरादेवी श्रेष्ठ, माया श्रेष्ठ, काजल गिरी, कंगना गिरी, कमल वली, मिठु ठाकुर, बाबुराम शाक्य र एसपी उप्रेतीको अभिनय छ।

फिल्म शंकर गिरी, पूर्णकला गिरी र सरिता गिरीको संयुक्त लगानीमा बनेको हो।

प्रकाशित: १५ जेठ २०८० १२:०८ | Monday, May 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast