हुन्डाईले विद्युतीय सवारीका लागि भारतमा २० हजार करोड लगानी थप्दै

हिमाल प्रेस १४ जेठ २०८० १४:३८ | Sunday, May 28, 2023
 हुन्डाईले विद्युतीय सवारीका लागि भारतमा २० हजार करोड लगानी थप्दै

काठमाडौँ- दक्षिण कोरियाली अटो कम्पनी हुन्डाईले भारतको तमिलनाडु राज्यमा २० हजार करोड लगानी थप गर्ने भएको छ।

कम्पनीले २०२३ देखि २०३२ को अवधिमा चरणबद्ध रूपमा २० हजार करोड लगानी गरेर विद्युतीय सवारी साधन उत्पादन र आधुनिकीकरणमा खर्च गर्ने जनाएको छ। त्यहाँबाट वार्षिक ८ लाख ५० हजार युनिट गाडी उत्पादन हुनेछन्।

हुन्डाई मोटर भारतका प्रमुख कार्यकारी अधिकृत युन्सो किमले तमिलनाड’लाई हुन्डाईको विद्युतीय सवारी उत्पादनको आधारको रूपमा विकास गर्ने योजना रहेको बताए। उनले भने, ‘यसले हामीलाई, हाम्रो पोर्टफोलियोलाई सुदृढ गर्न र हाम्रा गाडीहरूमा उत्कृष्ट सुविधाका साथै प्रविधि प्रदान गर्न मद्दत गर्नेछ। जसले हाम्रो ग्राहकको आकांक्षालाई पूरा गर्नेछ।’

कोरियाली अटो निर्माताले तमिलनाडु सरकारको विद्युतीय गतिशीलतातर्फ राज्यको दिगो प्रणाली निर्माण गर्ने दृष्टिकोणको रणनीतिक साझेदार बन्ने लक्ष्य राखेको छ।

हुन्डाईले ५ वर्षभित्र प्रमुख राजमार्गमा प्रमुख स्थानमा एक सय वटा चार्जिङ स्टेशनह स्थापना पनि गर्नेछ।

प्रकाशित: १४ जेठ २०८० १४:३८ | Sunday, May 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast