फाइल तस्बिर।
काठमाडौँ– आइतबार कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ। देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण मौसममा यस्तो बदली देखिएको हो।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। यी तीन प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्यांगसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।
प्रकाशित: १४ जेठ २०८० ६:२५ | Sunday, May 28, 2023
प्रतिक्रिया




