स्मिताको नयाँ गीत ‘आँखामा गाजल’

हिमाल प्रेस १३ जेठ २०८० २०:१४ | Saturday, May 27, 2023
स्मिताको नयाँ गीत ‘आँखामा गाजल’

काठमाडौँ- गायिका स्मिता दाहालले नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी छन्। गत वर्ष उनको ‘हो हो नि माया हो’ गीत चर्चित भएको थियो। स्मिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन्।

रोमान्टिक शैलीमा गाइएको ‘आँखामा गाजल’मा राजनराज शिवाकोटीको शब्द र संगीत छ। देवेश राईको एरेञ्ज रहेको गीतको भिडियोमा स्मिता स्वयम्ले मोडलिङ गरेकी छन्।

गीतको भिडियोमा स्मिता र कुन्सांग बम्जनको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ। सुदीप बरालको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका छन्। गीत भिडियो निर्देशन सरोज ओलीले गरेका हुन्।

‘अध्ययनमा व्यस्त भएका कारण नयाँ गीत ल्याउन सकेकी थिइनँ,’ स्मिताले भनिन्, ‘एक वर्षको सर्ट ब्रेकपछि नयाँ गीत ल्याएकी छु। रोमान्टिक फ्लेबरमा गाएकी छु।’
दर्शकले सधैँझै माया गरेर साथ दिने आशा गरिएको उनको भनाइ थियो। रासस

प्रकाशित: १३ जेठ २०८० २०:१४ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast