काठमाडौँ- यामाहा नेपालले ‘रे जेडआर १२५ हाइब्रिड’ स्कुटर सार्वजनिक गरेको छ। स्मार्ट मोटर जेनेरेटरसहितको हाइब्रिड स्कुटर शनिबार सार्वजनिक गरिएको हो।
रे जेडआर १२५ हाइब्रिड चार ट्रिमहरूमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार स्टाण्डर्ड, डिलक्स र प्रिमियम, प्रिमियम प्लस ट्रिमहरूमा स्कुटर उपलब्ध छ।
रे जेडआर १२५ हाइब्रिड एक पुनः डिजाइन गरिएको, पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र मानकको रूपमा एलईडी हेडल्याम्पले सुसज्जित रहेको कम्पनीको भनाइ छ।
यसले सवारी चालकहरूका लागि अधिकतम भिजिबलिटी र सुविधा सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
प्रकाशित: १३ जेठ २०८० १९:२७ | Saturday, May 27, 2023
प्रतिक्रिया




