पहिचान पक्षधरको आन्दोलनपछि विराटनगरमा अनिश्‍चितकालीन निषेधाज्ञा जारी

हिमाल प्रेस १३ जेठ २०८० ८:०२ | Saturday, May 27, 2023
पहिचान पक्षधरको आन्दोलनपछि विराटनगरमा अनिश्‍चितकालीन निषेधाज्ञा जारी तनावग्रस्त विराटनगर। फाइल तस्बिर/हिमाल प्रेस

इटहरी– कोशी प्रदेश नामकरणविरुद्ध पहिचान पक्षधरहरूले आन्दोलन गरेपछि राजधानी विराटनगरमा अनिश्‍चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको बजार क्षेत्रमा शनिबार (आज)देखि अनिश्चितकालसम्मका लागि निषेधित क्षेत्र तोकेको हो।

जेठ १४ गते (भोलि)बाट चल्ने प्रदेशसभाको बजेट अधिवेशनलाई मध्यनजर गर्दै विराटनगरमा अनिश्चितकालिन निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ। अधिवेशन बोलाइएसँगै पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आन्दोलनरत पार्टी र समूहले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

प्रदेशको नामकरणपश्चात् विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको जनाएको छ।

पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवासवरपरको ३ सय मिटरसम्म र डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेधाज्ञा तोकिएको छ।

प्रकाशित: १३ जेठ २०८० ८:०२ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast