निर्माण सम्पन्‍न भएको पाँच वर्षपछि प्रदर्शन हुँदै नीरफूल

हिमाल प्रेस १३ जेठ २०८० ७:०९ | Saturday, May 27, 2023
निर्माण सम्पन्‍न भएको पाँच वर्षपछि प्रदर्शन हुँदै नीरफूल

काठमाडौँ– निर्माण सम्पन्न भएको ५ वर्षपछि चलचित्र नीरफूल प्रदर्शन हुने भएको छ। शुक्रबार साँझ आयोजित कार्यक्रममा निर्देशक फूलमान वलले चलचित्रमार्फत सामाजिक कथा भन्न खोजिएको जानकारी दिए।

‘चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायतका विषय समेटेको छु। यो चलचित्रले त्यो समयलाई पर्दामा जीवित राखेको छ,’ उनले भने।

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयासमा आधारित चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय छ।

‘मलाई सधैं बाँचिरहने चलचित्रमा अभिनय गर्न मन थियो किनकी ती चलचित्र जहिले देखाउन सकिन्छ। यस्तै चलचित्र बनेको छ,’ अभिनेता राईले भने। भत्किएका मन र सम्बन्धको पुनःनिमाणको कथा समेटिएको चलचित्र विविध कारणले प्रदर्शन हुन समय लागेको निर्देशक वलको भनाइ छ।

रुवि भ्याली र काठमाडौँमा छायांकन गरिएको चलचित्र आफूले खोजे झैं भएको अभिनेता खतिवडाले बताए। ‘कहिले पैसा र कहिले कथाले मजस्ता कलाकारलाई चलचित्रमा आबद्ध हुन बाध्य बनाउँछ। तर यसमा दुवै पाएँ,’ उनले भने।

सचिन घिमिरे एसोसिएट निर्देशक रहेको चलचित्रमा प्रमोद कार्कीले छायांकन, निमेष श्रेष्ठलले सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङले संगीत दिएका छन्। चलचित्र जेठ २६ बाट प्रदर्शन हुँदैछ।

प्रकाशित: १३ जेठ २०८० ७:०९ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast