शुक्रबार स्थगित प्रतिनिधिसभा बैठक आज बस्दै

हिमाल प्रेस १३ जेठ २०८० ६:३७ | Saturday, May 27, 2023
शुक्रबार स्थगित प्रतिनिधिसभा बैठक आज बस्दै फाइल तस्बिर।

काठमाडौँ– प्रतिनिधिसभाको बैठक शनिबार (आज) बस्ने भएको छ। नयाँ वानेश्वरस्थित संघीय संसद् भवनमा अपराह्न ४ बजे बैठक बस्ने कार्यसूची छ। शुक्रबारको बैठकमा माओवादी सांसदको अभिव्यक्तिप्रति एमालेले जवाफ माग्दै बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको जानकारी गराएका थिए।

माओवादी सांसदले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी पित्तलको रहेको आरोप लगाएपछि एमालेले यसको स्पष्ट जवाफ माग्दै बैठक अवरुद्ध गरेका थिए।

शनिबार बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रकाशित: १३ जेठ २०८० ६:३७ | Saturday, May 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast