काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता र नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ शिनबीच भेटवार्ता भएको छ। बिहीबार रास्वपाको पार्टी कार्यालय वसुन्धरामा भेटवार्ता भएको हो।
पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावललगायतसँग चिनियाँ प्रतिनिधिको टोलीले भेट गरेको हो।
भेटमा नेपाल र चीनका आपसी चासोका विषयमा छलफल गरिएको रास्वपाले जानकारी दिएको छ। ‘उहाँ पार्टीसँग केही समयअघि देखि नै भेटघाट गर्न इच्छुक हुनुहुन्थ्यो,’ पार्टी सदस्य रावलले भने, ‘आजको भेटको खास एजेन्डा केही थिएन। शिष्टाचार भेटवार्ता मात्रै हो।’ रासस
प्रकाशित: ११ जेठ २०८० २१:३७ | Thursday, May 25, 2023
प्रतिक्रिया




