चलचित्र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शन हुने

हिमाल प्रेस ११ जेठ २०८० ७:२७ | Thursday, May 25, 2023
चलचित्र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शन हुने

काठमाडौँ– बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ। चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिए।

‘चलचित्र टुल्कीमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको छ’, उनले भने। चलचित्र डोल्पा जिल्लाको से-फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँमा छायाँकन गरिएको निर्माता लामाले बताए।

निर्देशक देवजंग थापाले चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको जनाए। चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, वरिष्ठ कलाकार कृष्ण मल्ल, पत्रकार रामजी बगाले, फेसियल हाउसकी सञ्चालिका सुष्मा महरालगायतले चलचित्र सफलताको शुभकामना दिए।

चलचित्रको निर्देशन देवजंग थापा तथा छायाँंकन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन्। शेखर लामाको प्रस्तुतिमा निर्माण भएको सो चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन्। चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने सम्पादन तारा थापा, पाश्र्व संगीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीले गरेका छन्।

चलचित्रमा शिशिर वांदेल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्न न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ।

प्रकाशित: ११ जेठ २०८० ७:२७ | Thursday, May 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast