नेपाल टेलिकममा कर्मचारी माग गरिएको सूचना झुटो

हिमाल प्रेस १० जेठ २०८० १७:२९ | Wednesday, May 24, 2023
नेपाल टेलिकममा कर्मचारी माग गरिएको सूचना झुटो

काठमाडौँ- नेपाल टेलिकमले विभिन्न सामाजिक सञ्जालमा आएका कर्मचारी मागसम्बन्धी सूचना भ्रामक रहेको बताएको छ। टेलिकमले बुधबार विज्ञप्ति जारी गर्दै केही दिनयता सामाजिक सञ्जालमा ‘नेपाल टेलिकमका विभिन्न शाखाहरूमा काम गर्न क्याकेन्सि खोलिएको’ सूचना झुटो रहेको बताएको हो।

कम्पनीका पदाधिकारीहरूको नाम समेत जोडेर विभिन्न फेसबुक ग्रुप, म्यासेन्जर, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह गरिएकाले यसमा कम्पनीको गम्भीर ध्यानकर्षण भएको कम्पनीको भनाइ छ।

कर्मचारी आवश्यकतासम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र सार्वजनिक गर्ने गरेकोले गलत र अनाधिकृत सूचनामा विश्वास नगर्न कम्पनीले विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १० जेठ २०८० १७:२९ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast