नक्कली शरणार्थी प्रकरणमा गगन थापाले भने : घरको मान्छे होस् वा बार्दलीको कोही पनि छुट्नुहुँदैन

हिमाल प्रेस १० जेठ २०८० १२:३३ | Wednesday, May 24, 2023
नक्कली शरणार्थी प्रकरणमा गगन थापाले भने : घरको मान्छे होस् वा बार्दलीको कोही पनि छुट्नुहुँदैन फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। बुधबार संसद् बैठकमा बोल्दै उनले राज्यविरुद्धको अपराधमा मुछिएका कोही पनि छुट्न नहुने बताएका हुन्।

‘राज्यविरुद्धको अपराधमा मुछिएका घरको मान्छे होस् वा बार्दलीको, नेता होस् वा नाता, सलाम गर्ने होस् वा सलामी एक जना पनि छुट्नुहुँदैन,’ उनले भने, ‘यसको अनुसन्धान कसरी भइरहेको छ भनेर आमनागरिकले हेरिरहेका छ, जसको नाम आएको छ, फेयर अनुसन्धान हुनुपर्छ।’

उनले यो प्रकरण सरकारको परीक्षा पनि भएको बताए। त्यसपछि न्यायालयको परीक्षा सुरु हुने उनको भनाइ छ।

‘निष्पक्ष छानबिन भयो भने सबैले सरकारको वाहवाही गर्छन्, कहीँ न कहीँ लप्काएको छ भन्ने भयो भने विकल्पको खोजी हुन्छ,’ उनले सरकारको ध्यानाकर्षण गराउँदै भने।

प्रकाशित: १० जेठ २०८० १२:३३ | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast