नागरिकता विधेयक चाँडै प्रमाणीकरण गरियोस् : विमलेन्द्र निधि

हिमाल प्रेस १० जेठ २०८० १२:१० | Wednesday, May 24, 2023
नागरिकता विधेयक चाँडै प्रमाणीकरण गरियोस् : विमलेन्द्र निधि

काठमाडौँ– नेपाली कांग्रेसका नेता एवम् सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका हुन्।

उक्त विधेयक राष्ट्रपति पौडेललाई प्रमाणीकरण गर्नका लागि संविधान र कानुनी रूपमा कुनै पनि बाधा अड्चन नभएको उनको भनाइ छ। संघीय संसदले दुई-दुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणीकरणका लागि आवश्यक सक्रियता देखाउन उनले सरकारलाई सुझाव दिए।

‘आजको समाचार पत्रहरूमा सम्माननीय राष्ट्रपतिजीका, सम्माननीय प्रधानमन्त्री र मन्त्रीजीहरूबीच नागरिकता विधेयक प्रमाणीकरण गर्ने विषयमा छलफल भएको समाचारहरू सुन्यौं। यो नागरिकता विधेयक प्रमाणीकरण गर्नका लागि कानुनी तथा संवैधानिक आधारहरू खोज्नु भएको छ भन्ने सुनेको छु,’ उनले भने,’नागरिकता विधेयक तत्काल प्रमाणीत गर्न लगाउने कुरामा सरकार चाँही सम्पूर्ण रूपमा सक्रिय भइदिनु पर्‍यो भन्ने कुरा राख्न चाहन्छु।’

प्रकाशित: १० जेठ २०८० १२:१० | Wednesday, May 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast