राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

हिमाल प्रेस ९ जेठ २०८० १६:०५ | Tuesday, May 23, 2023
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित फाइल तस्बिर।

काठमाडौँ- सरकारले संघीय संसद्‌मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ। राष्ट्रियसभाको मंगलबारको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

बैठकले सांसद तुलसाकुमारी दाहाल, विमला घिमिरे र डा. बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो।  त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिएका थिए। राष्ट्रियसभाको अर्को बैठक जेठ १४ बजे बस्नेछ।

प्रकाशित: ९ जेठ २०८० १६:०५ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast