११ औं पटक मन्त्रिपरिषद् विस्तार, जसपाबाट थपिए मन्त्री र राज्यमन्त्री

हिमाल प्रेस ९ जेठ २०८० १४:०५ | Tuesday, May 23, 2023
११ औं पटक मन्त्रिपरिषद् विस्तार, जसपाबाट थपिए मन्त्री र राज्यमन्त्री

काठमाडौँ- सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री र राज्यमन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरणमन्त्रीमा वीरेन्द्रप्रसाद महतोलाई नियुक्त गरेका हुन्। त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छन्।

मन्त्री महतो सिराहा-४ बाट निर्वाचित सांसद हुन्। राज्यमन्त्री बनेकी कुमारी राष्ट्रियसभा सदस्य हुन्। उनीहरूको पद तथा गोपनीयताको शपथ बुधबार बिान १० बजे हुनेछ। योसहित प्रधानमन्त्रीले ११ औं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

प्रकाशित: ९ जेठ २०८० १४:०५ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast