सफा हिमाल अभियन्ता शेर्पासहित तीन जनाको मृत्यु

हिमाल प्रेस ९ जेठ २०८० ८:४२ | Tuesday, May 23, 2023
सफा हिमाल अभियन्ता शेर्पासहित तीन जनाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ– सफा हिमाल अभियन्ता आङकाजी शेर्पासहित ३ आरोहीको मृत्यु भएको छ। सफा हिमाल अभियान- २०२३ का सरदारसमेत रहेको शेर्पाका सोमबार निधन भएको हो। उनले ३ वर्षदेखि सफा हिमाल अभियानको अगुवाई गरेका थिए।

ओखलढुंगा निवासी शेर्पा सगरमाथाको बेस क्याम्प-२ मा क्याम्प म्यानेजरको भूमिकामा रहँदै गर्दा अचेत भएका थिए। अभियानका लागि प्रयोग गरिएका सामानहरू फिर्ता गर्ने तयारी गर्दै गर्दा अचेत अवस्थामा पुगेका शेर्पाको सोमबार निधन भएको नेपाली सेनाले जानकारी दिएको छ।

उनको पार्थीव शरीरलाई जेठ ८ गते नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौँ ल्याई पोष्टमार्टम गरी परिवारजनलाई बुझाइएको सेनाले जनाएको छ। उनीसहित निधन भएका थप २ शेर्पाको पार्थीव शरीर पनि परिवारजनलाई बुझाइएको छ।

प्रकाशित: ९ जेठ २०८० ८:४२ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast