मकवानपुरमा कैदीबन्दीलाई झाडापखाला संक्रमण

हिमाल प्रेस ९ जेठ २०८० ७:०४ | Tuesday, May 23, 2023
मकवानपुरमा कैदीबन्दीलाई झाडापखाला संक्रमण

मकवानपुर– मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखला संक्रमण भएको छ। सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको हो।

सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला संक्रमण विस्तारै अन्यमा संक्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिए।

संक्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट २ चिकित्सक, ४ सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, ४ सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार भइरहेको जेलर पौडेलले बताए।

प्रकाशित: ९ जेठ २०८० ७:०४ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast