प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुने

हिमाल प्रेस ९ जेठ २०८० ६:४४ | Tuesday, May 23, 2023
प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ– आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथि मंगलबार (आज) पनि प्रतिनिधिसभा बैठमा छलफल हुने भएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बिहान ११ बजे बस्ने बैठकमा छलफल हुने कार्यसूची छ।

प्रमुख प्रतिपक्ष दल एमालेले मुख्य रूपमा नीति तथा कार्यक्रमको विरोध गर्दै आएको छ। नीति तथा कार्यक्रममाथि एमाले अध्यक्ष ओली एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनलगायत सांसदहरूले प्रतिक्रिया र सुझाव दिइसकेका छन्।

नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरु भएको हो।

प्रकाशित: ९ जेठ २०८० ६:४४ | Tuesday, May 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast