कोशी प्रदेशसभाको बजेट अधिवेशन बाेलाउन सिफारिस

हिमाल प्रेस ८ जेठ २०८० २०:३९ | Monday, May 22, 2023
कोशी प्रदेशसभाको बजेट अधिवेशन बाेलाउन सिफारिस

इटहरी- कोशी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन जेठ १४ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेकाे छ। कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार (आज) बसेको बैठकले उक्त निर्णय गरेको हो।

‘प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले भने, ‘मन्त्रिपरिषद्को उक्त निर्णयबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार नै प्रदेश प्रमुख प्रशुराम खापुङलाई जानकारी गराउनु भएको छ।’

बैठकले प्रदेश निजामती सेवा ऐन (पहिलो संसोधन) अध्यादेश २०८० लाई प्रदेशसभामा पेस गर्ने समेत निर्णय गरिएकाे पनि उनले जानकारी दिए। यसैगरी स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई पनि प्रदेशसभामा पेस गर्ने निर्णय गरिएकाे बताइएको छ।

प्रकाशित: ८ जेठ २०८० २०:३९ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast