सफा हिमाल अभियानमा सहभागी एक जनाको मृत्यु

हिमाल प्रेस ८ जेठ २०८० १८:५६ | Monday, May 22, 2023
सफा हिमाल अभियानमा सहभागी एक जनाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- सफा हिमाल अभियान २०२३ मा सहभागी एक जनाको मृत्यु भएको छ। ओखलढुंगा घर भएका आङकाजी शेर्पाको मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ।

उनले विगत ३ वर्षदेखि सफा हिमाल अभियानमा महत्त्वपूर्ण योगदान पुर्‍याएको नेपाली सेनाको भनाइ छ। सेनाका अनुसार शेर्पाले सगरमाथाको क्याम्प–२ मा क्याम्प म्यानेजर तथा कुकको काम गर्दै आएका थिए।

आरोहण तथा सफाइ अभियानमा प्रयोग गरिएका सामान फिर्ता गर्ने तयारी गर्ने क्रममा उनी बेहोस भएका थिए।

प्रकाशित: ८ जेठ २०८० १८:५६ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast