इन्स्पेक्टर खड्कामाथि कारबाही, तीन वर्ष बढुवा रोक्का

हिमाल प्रेस ८ जेठ २०८० १८:०३ | Monday, May 22, 2023
इन्स्पेक्टर खड्कामाथि कारबाही, तीन वर्ष बढुवा रोक्का

काठमाडौँ- प्रहरीका एक निरीक्षक (इन्स्पेक्टर)लाई विभागीय कारबाही गरिएको छ। आचरणविपरीत काम गरेको भन्दै सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले इन्स्पेक्टर रामचन्द्र खड्कामाथि कारबाही गरिएको हो।

तीन वर्ष उनको बढुवा रोक्का हुने गरी कारबाही भएको सशस्त्र प्रहरीले जनाएको छ। उनी सशस्त्र प्रहरी बलको ११ नम्बर गण रौतहटमा कार्यरत छन्। उनीमाथिको कारबाही जेठ ८ गते (आज)देखि लागू हुनेछ।

‘महिलामाथि नकारात्मक हर्कत गरेको भन्दै उजुरी परेको थियो, ‘ नेपाल प्रहरीका राजेन्द्र खड्काले हिमालप्रेससँग भने, ‘उजुरी परेपछि आन्तरिक छानबिनको आधारमा विभागीय कारबाही गरिएको हो।’

प्रकाशित: ८ जेठ २०८० १८:०३ | Monday, May 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast