नक्कली शरणार्थी प्रकरणबारे ओलीले भने : निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ

हिमाल प्रेस ७ जेठ २०८० १३:५३ | Sunday, May 21, 2023
नक्कली शरणार्थी प्रकरणबारे ओलीले भने : निर्दोषलाई फसाउने षड्यन्त्र भइरहेको छ

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दोष फसाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दोषीलाई उम्काउने षड्यन्त्र तत्काल बन्द गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

‘दोषी नउम्कियोस्, निर्दोष कोही नफसोस्। म तथ्य प्रमाणसहित भन्दैछु- दोषीलाई उम्काउने कोसिस भइरहेको छ। निर्दोषलाई फसाउने कोसिस भइरहेको छ,’ उनले भने, ‘यसमा सरकारले हस्तक्षेप गर्नुपर्ने आवश्यकता छैन। प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुस्।’

उनले राजनीतिक अभिष्ट साँध्न निर्दोषलाई फसाउने पनि अपराधिक काम भएको बताए। अध्यक्ष ओलीले भ्रष्टाचारका सबै काण्डहरूको छानबिनमा आफ्नो पार्टीले सरकारलाई सघाउने प्रतिबद्धतासमेत व्यक्त गरे।

प्रकाशित: ७ जेठ २०८० १३:५३ | Sunday, May 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast