स्पन्दनले जिते भ्वाइस किड्स सिजन २ को उपाधि

हिमाल प्रेस ६ जेठ २०८० ७:०६
10
SHARES
स्पन्दनले जिते भ्वाइस किड्स सिजन २ को उपाधि

काठमाडौँ- भ्वाइस किड्स सिजन २ को उपाधि स्पन्दन सुब्बाले जितेका छन्। शुक्रबार रातिको ग्राण्ड फिनालेमा सुब्बाले उपाधि चुमेका हुन्। योसँगै टिम प्रमोद खरेलले लगातार भ्वाइस किड्सको उपाधि पाएको यो दोस्रो पटक हो।

भ्वाइस किड्स सिजन १ को उपाधि पनि टिम प्रमोदकै जेनिश उप्रेतीले पाएका थिए।

फिनालेमा चार जना कोचका आठ जना प्रतिस्पर्धीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। सोमध्ये धेरै भोट ल्याएर सुब्बाले सिजन किड्स २ को उपाधि पाएका हुन्।

सुब्बालाई हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले पुरस्कार प्रदान गरेका थिए। उपाधि जितेका उनले १५ लाख रुपैयाँ नगद प्राप्त गरेका छन्।

प्रकाशित: ६ जेठ २०८० ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast