नीति तथा कार्यक्रममा पट्यार लाग्दो छ : कमल थापा

हिमाल प्रेस ५ जेठ २०८० २०:२६ | Friday, May 19, 2023
नीति तथा कार्यक्रममा पट्यार लाग्दो छ : कमल थापा कमल थापा। फाइल तस्बिर।

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज प्रस्तुत सरकारको नीति तथा कार्यक्रम अनावश्यक ढंगको लामो र पट्यारलाग्दो भएको प्रतिक्रिया दिएका छन्। अधिकांश पुरानै नीति र कार्यक्रमको ‘कपी–पेष्ट’ गरी शब्द र सन्दर्भ तलमाथि पारिएको भन्दै थापाले नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने कार्यक्रमको पुलिन्दा भएको समेत टिप्पणी गरे। उनले संकटग्रस्त अर्थतन्त्र सुधारबारे कुनै ठोस नीति नभएको भन्दै सनातन धर्म संस्कृति संरक्षणमा प्रतिवद्धताको सर्बथा अभाव भएको बताए।

रोजगारी सिर्जनामा ओठे प्रतिवद्धता मात्र भएको कुनै भरपर्दो नीति कार्यक्रम नदेखिएको भन्दै उनले विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्ने नीतिलाई भने सकारात्मक रुपमा लिनुपर्ने बताए।

भ्रष्टाचार निवारणमा ठोस नीतिगत एवं संरचनात्मक सुधार नआएको भन्दै उनले शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी बढाउने नीतिलाई भने राम्रो मान्न सकिने टिप्पणी गरे।

‘अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउनेबारे ठोस संकल्प नभएको नीति तथा कार्यक्रमहरु कार्यान्वयन हुन नसकेकोबारे वस्तुगत समीक्षा र सुधारको प्रतिवद्धता नभएको हुँदा जति भनिएको छ, त्यो पनि कार्यान्वयन हुने सम्भावना र विश्वास गर्ने आधार देखिँदैन’ थापाले भने।

प्रकाशित: ५ जेठ २०८० २०:२६ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast