दृश्य र संवाद काँटछाँटपछि सेन्सर पास भयो ‘काँडेतार’

हिमाल प्रेस ५ जेठ २०८० १३:०२ | Friday, May 19, 2023
दृश्य र संवाद काँटछाँटपछि सेन्सर पास भयो ‘काँडेतार’

काठमाडौँ- फिल्म ‘काँडेतार’ सेन्सर बोर्ड पास भएको छ। फिल्मका निर्माता तथा निर्देशक नवल खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत सेन्सर पास भएको फोटो सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।

उनले सेन्सर पास गराउन सहयोग गर्ने सबैलाई धन्यावाद दिँदै प्रदर्शन मिति मिति तोक्ने पनि उक्त पोस्टमा उल्लेख गरेका छन्।

यसअघि सेन्सर बोर्डले फिल्मका केही दृश्य र संवाद हटाउनुपर्ने निर्देशन गरेपछि निर्माता तथा निर्देशक खड्का आक्रोशित भएर पत्रकार सम्मेलन गरेका थिए। उनले फिल्म चल्न नदिए अदालती प्रक्रियामा जाने धम्कीसमेत दिएका थिए।

फिल्ममा भएका खुला सीमाका कारण सीमा क्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारविरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित फिल्मका संवाद र दृश्यमा आपत्ति जनाएको थियो।
तर सेन्सर बोर्डले भने यि दृश्य तथा संवादहरु हटाएपछि बिहीबार फिल्मको सेन्सर फुकुवा गराएको छ।

सौरभ लामाको छायांकन रहेको फिल्ममा मणि थापा र दीपक शर्माको संगीत छ। फिल्ममा नवलसँगै गौरव पहारी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, प्रेम सुब्बा, महेश गिरीलगायतको अभिनय छ।

शिवम अधिकारी र नवल खड्काको लेखन रहेको फिल्मका निर्माता माकिको राई र अन्जु केसी हुन्। फिल्ममा गायिका सत्यकला राई कार्यकारी निर्माताको भूमिकामा छिन्। फिल्म सामना फिल्मस् प्रा लिको ब्यानरमा बनेको छ।

प्रकाशित: ५ जेठ २०८० १३:०२ | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast