बस दुर्घटनामा एकजनाको मृत्यु

हिमाल प्रेस ५ जेठ २०८० ११:२० | Friday, May 19, 2023
बस दुर्घटनामा एकजनाको मृत्यु

दाङ- दाङमा दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना५ख ४८९८ नम्बरको बस आज बिहान लमही नगरपालिका–३ फल्कापुरमा एकापसमा ठोक्किएका हुन्।

मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी-७ की ४२ वर्षीया शोभा परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए।

बाराबाट इँटाभट्टामा काम गरी रोल्पा फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो। बसका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी मृतक शोभाका दुई छोरा पनि घाइते भएका छन्।

घाइतेलाई उपचारका लागि बुटवल, भैरहवा र नेपालगञ्ज पठाइएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ५ जेठ २०८० ११:२० | Friday, May 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast