सिद्धार्थ बैंकका ग्राहकलाई सोल्टी वेस्टेन्ड प्रिमियरमा छुट

हिमाल प्रेस ४ जेठ २०८० २०:१९ | Thursday, May 18, 2023
सिद्धार्थ बैंकका ग्राहकलाई सोल्टी वेस्टेन्ड प्रिमियरमा छुट

काठमाडौँ- सिद्धार्थ बैंक र नेपालगञ्जको सोल्टी वेस्टेन्ड प्रिमियरबीच सम्झौता गरिएको छ। बैंकका ग्राहकलाई छुट दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरिएको हो।

सम्झौताअनुसार बैंकका ग्राहकले सोल्टी वेस्टेन्ड प्रिमियरका सेवामा १० प्रतिशत छुट पाउनेछन्।

सम्झौतापत्रमा बैंकका नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर र सोल्टी वेस्टेन्ड प्रिमियरका प्रबन्धक एवं सेल्स एन्ड मार्केटिङ रोजिना महर्जनले हस्ताक्षर गरेका छन्।

बैंकका ग्राहकले सोल्टी वेस्टेन्ड प्रिमियरमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ र क्यूआरमार्फत भुक्तानी गदाए १० प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ।

प्रकाशित: ४ जेठ २०८० २०:१९ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast