शिक्षा सुधारका लागि संघमा एक खर्ब बजेट आवश्‍यक : पूर्वशिक्षामन्त्री खनाल

हिमाल प्रेस ४ जेठ २०८० १९:२४ | Thursday, May 18, 2023
शिक्षा सुधारका लागि संघमा एक खर्ब बजेट आवश्‍यक : पूर्वशिक्षामन्त्री खनाल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् पूर्वशिक्षामन्त्री शिशिर खनालले सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने आगामी आर्थिक वर्षमा संघमा सय अर्बभन्दा बढी बजेट चाहिने बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउन नहुने उनको भनाइ छ।

‘नेपालको सार्वजनिक शिक्षाको गुणस्तरलाई बढाउने हो भने भएको अवस्थाको बजेट भन्दा झन्डै हामीलाई यही वर्ष पनि केन्द्रमा एकसय अर्ब भन्दा बढी बजेट चाहिनेजस्तो देखिन्छ। तर मन्त्रालयमा सिलिङ २० प्रतिशत कम गएको छ भन्ने सुनिएको छ,’ उनले भने, ‘त्यो भयो भने अत्यन्त दुर्भाग्यपूर्ण हुन्छ। नेपालको शिक्षाको जग निर्माण गर्नुपर्ने समयमा शिक्षामा बजेट कटौती भयो भने त्यसमा भइरहेको शिक्षालाई झन् पछाडि धकेल्छ।’

आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको बजेट घटाउनु नहुने बताउँदै मन्त्रालयमा बजेटको सिलिङ २० प्रतिशतले घटाएको सुनिएको भन्दै त्यसो गरिए दुर्भाग्यपूर्ण हुने भन्दै उनले सरकारलाई सचेत गराए।

प्रकाशित: ४ जेठ २०८० १९:२४ | Thursday, May 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast